फाउन्डेशनले जेनजी आन्दोलनको पृष्ठभूमिमा आधारित रहेर “अब जाग्नु पर्छ” बोलको गीत सार्वजनिक गर्ने


हेम सरिता पाठक फाउन्डेशनले जेनजी आन्दोलनको पृष्ठभूमिमा आधारित रहेर “अब जाग्नु पर्छ” बोलको गीत सार्वजनिक गर्ने भएको छ। गीतमा शिशिर योगी र बी.बी. अनुरागीको स्वर, हेम पाठकको शब्द र बी.बी. अनुरागीको संगीत रहेको छ। फाउन्डेशनका अनुसार, गीतले भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध नागरिकलाई जागृत गराउने उद्देश्य बोकेको छ। सन् २०११ देखि भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएको हेम–सरिता पाठक फाउन्डेशनले गीत, कविता, पत्रकारिता र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सुशासन र पारदर्शिताको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको छ।

Comment Here !