हेम सरिता पाठक प्रतिष्ठानका लागि आधा घन्टामा ८४ लाख सहयोग जुट्यो
न्युयोर्क– अमेरिकाको टेक्सास राज्यमा रहेर नेपालको भष्ट्राचारबिरुद्धको अभियान सञ्चालन गरिरहेको संस्था हेम सरिता पाठक प्रतिष्ठानका लागि आधा घण्टामा ८४ लाख रुपैयाँ सहयोग संकलन भएको छ। प्रतिष्ठानले आईतबार टेक्सासमा गरेको सहयोग संकलन कार्यक्रममा प्रतिष्ठानले उत्कृष्ट कार्य गरेको भन्दै सहयोग दाताहरुले खुशी साथ ८४ हजार ५ सय अमेरिकन डलर सहयोग गरे।
प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठक र महावाणिज्युदत प्रेमराजा महतको विषेश आतिथ्यतामा भएको कार्यक्रममा इण्डियन-अमेरिकन ब्यवसायीहरु अम्बीर अली र यासीर महमदले क्रमश ३० र १५ हजार अमेरिकन डलर सहयोग गरेका थिए।
कार्यक्रममा नेपाली समाजसेवी तथा ब्यवसायीहरु बाला घिमिरे र मणि प्रधानले प्रतिष्ठानलाई १०, १० हजार अमेरिकन डलर सहयोग गरेका थिए भने सानुबाबु सिलवाल, दुर्गा दाहाल, शिमा, आशिष कट्टेलले ५, ५ हजार अमेरिकन डलर सहयोग गरे। कार्यक्रममा जेनी पाठक र दिपक हुमागांईले १, १ हजार अमेरिकन डलर सहयोग गरेका थिए भने पदम ठकुराठी, हिमेश वली र राजन रिजालले ५, ५ सय अमेरिकन डलर सहयोग गरे।
कार्यक्रममा प्रदिप पराजुली, प्रशन्न ढुंगाना र सुनिल सिटौलाले २-२ सय अमेरिकन डलर सहयोग गरेका थिए। आधा घण्टामै ८४ हजार ५ सय अमेरिकन डलर रकम सहयोग प्राप्त भए पश्चात बोल्दै संस्थाका प्रमुख संरक्षक हेम पाठकले चार वर्षदेखि संस्था एक्लैले सञ्चालन गरेको अभियानमा साथ दिने सबैमा आभार प्रकट गरे।
पाठकले संकलित रकमबाट संस्थाले काठमाडौंको साँखुमा सञ्चालन गरिरहेको उग्रतारा निम्न माध्यमीक विद्यालयमा लगाइनेछ। हाल कक्षा ८ सम्म सञ्चालन भइरहेको विद्यालयमा कक्षा ९ देखि १२ सम्मको लागि आवश्यक कक्षा कोठा, पुस्तकालय, शिक्षकहरुको १ वर्षको तलब तथा शौचालय निर्माण गर्नुका साथै विद्यालयलाई सहयोग स्वरुप प्राप्त भएको ४२ रोपनी जग्गामा बार बन्देज लगाउने कार्यमा लगाइने जानकारी दिए।
आर्थिक अभावका कारण बन्द हुन लागेको निम्न माध्यमिक बिद्यालयलाई संस्थाले पुर्नजन्म दिदैं भष्ट्रचारबिरुद्धमा नयाँ पुस्ता निर्माण गर्ने अभियानको रुपमा बिद्यालयलाई सञ्चालन गरिएको उनले बताए।
देशभरबाट छनौट हुने १५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ३० जनालाई बस्नको लागि होस्टेल निर्माण गर्न निर्मल र बिना श्रेष्ठले सहयोग गर्ने घोषणा गरेका थिए। ३० लाख रुपैया खर्च लाग्ने होस्टेल निर्माणका लागि निर्मल र बिना श्रेष्ठले सहयोगको घोषणा गरेका थिए। भक्तसूर्य, तुलसी न्हुछे प्रधान स्मृति पुस्ताकलय निर्माणका लागि मणी न्हुछे प्रधान, निर्मला प्रधान, मणिला न्हुछे प्रधान, र मनिष प्रधानले सहयोगको घोषणा गरेका थिए।
– See more at: http://nagariknews.com/diaspora/story/9608.html#sthash.iSqIwumt.dpuf