भोला रिजाल र बिबी अनुरागीलाई हेम–सरिता संगीत पुरस्कार


काठमाडौँ, १० म‌ंसिर । अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक एकेडेमीले यस वर्षको ‘हेम–सरिता पाठक सांगीतिक पुरस्कार’ वरिष्ठ गीतकार डा. भोला रिजाल र चर्चित युवा संगीतकार बलबहादुर विश्वकर्मा (बिवी अनुरागी)लाई प्रदान गर्नेभएको छ ।
682px-Da.Bhola_Rijal_by_Mahalaxmi_silwal_1
एकेडेमीका प्रमुख सल्लाहकार तथा अमेरिकाका लागि नेपालका महावाणिज्यदूत एवम् वरिष्ठ लोक गायक प्रेमराजा महतको संयोजकत्वमा गठित निर्णायक मण्डलले गीतकार डा. रिजाल र संगीतकार अनुरागीलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि एक/एक हजार अमेरिकी डलर रहेको छ । पुरस्कार आगामी वैशाखमा काठमाडौँमा एक समारोहको आयोजना प्रदान गरिने भएको छ ।

नेपाललाई भ्रष्टाचारमुक्त पार्न विशेष अभियान सञ्चालन गर्दै आएको एकेडेमीले विगत तीन वर्षदेखि हरेक वर्ष हेम–सरिता पाठक साङ्गीतिक पुरस्कार प्रदान गर्दै आएको छ ।

Comment Here !